काठमाडौं– संसदीय अभ्यासमा प्रायः प्रतिपक्षले सत्तापक्षलाई ¥याख¥याख्ती पार्ने गर्छ । तर, झन्डै दुईतिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालेको ५ महिना पुग्दै गर्दा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार आफ्नै सांसदहरूको घेराबन्दीमा पर्न थालेको छ । ‘स्टन्ट’ र प्रचारमुखी कार्यशैलीले सीमा नाघेको भन्दै रास्वपाकै सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् । विशेषगरी बाराकी ३ वर्षीया अबोध बालिका गरिमा चौधरीको बलात्कार र हत्या प्रकरणमा सरकारले न्याय दिनुको साटो मन्त्रालयमै क्यामेरा तेस्र्याएर विज्ञापन गरेको भन्दै आफ्नै सांसदहरूले गृहमन्त्रालयको हुर्मत लिएका छन् । साउन ३१ गते घरबाटै हराएकी र तीन दिनपछि मृत फेला परेकी ३ वर्षीया गरिमा चौधरीका आमा–बुबा मनोज र मानमतीलाई काठमाडौँ बोलाएर गृह मन्त्रालयमा भिडियो खिचिएको घटनाप्रति रास्वपाकै महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले गम्भीर आपत्ति जनाएका छन् । विक्षिप्त परिवारलाई मन्त्रालयमा राखेर भिडियो बनाउनु र हातमा हतकडी लगाएका आरोपितसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल पार्नुले कानुनी राज्यको उपहास भएको उनको तर्क छ । यस्तै, काठमाडौँको शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको घटना सुनाउँदै उनले न्याय र सुरक्षामा नभई सरकार प्रचारमा मात्र केन्द्रित भएको भन्दै आक्रोश पोखे ।
Breaking


प्रतिक्रिया