अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका छन्।
एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष स्थानमा रहेको दाबी गरे।
वास्तवमा पत्रकारहरूलाई उडानको समयमा झ्यालको पर्दा बन्द राख्न भनिएको थियो।
यसबारे सोध्दा ट्रम्पले भने, ‘यो खतरनाक उडान हुन सक्छ। यी (इरानीहरू) खतरनाक मानिसहरू हुन्। म सधैँ खतरामा हुन्छु। मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ।’
ट्रम्पले पत्रकारहरूलाई ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ। सायद कुनै दिन तपाईंले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’
गएराति मात्र अमेरिकाले शान्ति सम्झौता भएयता इरानमा लगातार दोस्रोपटक हवाई हमला गरेको छ।
ट्रम्पले भनेलगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानमा हवाई हमला गरेको हो।
इरानका कोनारक र चाबहारलगायत धेरै सहरमा अमेरिकी सैन्य हवाई आक्रमण जारी छ।
इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।


प्रतिक्रिया