केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चुच्चे नक्सा जारी गरिसकेपछि नेपाल–भारत सम्बन्धमा बनेको ‘डेडलग’ रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणपछि केही हदसम्म भए पनि खुल्ने सङ्केत देखिएको छ । रविको भारत भ्रमण जारी रहेकै अवस्थामा केही सुधारका कदमहरू चालिएका छन् । तत्कालीन ओली क्याबिनेटले सीमा नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा कर लगाउने नीति लिएको थियो, जसलाई अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यान्वयनमा ल्यायो । नेपालले १०० रुपैयाँको करलाई कडाइका साथ लागू गरेपछि सीमा नाकामा व्यापार गर्दै आइरहेका भारतीय व्यापारीहरूको व्यापारमा मन्दी आएको थियो । तर, संयोग नै मान्नुपर्छ, बुधबार सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटपछि नै उक्त सीमालाई बढाएर ५०० रुपैयाँसम्म पु¥याइएको छ । यसलाई रवि र मोदीबीचको भेटको उपजका रूपमा पनि चर्चा हुन थालेको छ ।
देश


प्रतिक्रिया