काठमाडौं— राज्य धनी हुनु आम नागरिकका लागि गर्वको विषय हो । त्यसका लागि पर्याप्त स्रोत–साधन र आर्थिक अवस्था पनि मजबुत हुनुपर्छ । तर नेपालमा अहिले न त उद्योगहरू सञ्चालनमा छन् न त आर्थिक आर्जनको भरपर्दो आधार नै छ । सरकारले राज्यलाई धनी बनाउने गरी काम गरिरहेको दाबी गरेको छ । आम्दानीको अन्य कुनै उपाय नभएपछि सरकारले राज्यलाई धनी बनाउन नागरिकबाट कर उठाउने नीति अंगालेको छ ।
विगतका सरकारले लगाउँदै आएको करको भारबाट आजित भएका नागरिक नयाँ करले झनै थिचिएका छन् । विगतका कांग्रेस, एमाले र तत्कालीन माओवादी नेतृत्वका सरकारले ल्याउने बजेटमा करको दायरा बढाइन्थ्यो, तर अहिलेको सरकारले विगतको करलाई समेत टप्ने गरी ‘कहर’ ल्याएको छ । यही मुद्दालाई उठाएर उदाएको रास्वपाले सरकारमा पुगेपछि फरक चरित्र देखाएको छ । नुनदेखि सुनसम्म कर बढाएको सरकारले नागरिकका आधारभूत आवश्यकताका क्षेत्र शिक्षा र स्वास्थ्यमा समेत कर लगाएको छ । सरकारले ल्याएको बजेटकै कारण एकै दिन २० हजार ५०० रुपैयाँले सुनको मूल्य वृद्धि भएर नयाँ रेकर्ड बनेको छ ।
अर्थनीति


प्रतिक्रिया