देश

कांग्रेसमा फेरि किचलो, देउवाले पनि मिलाउन सकेनन्, गगनलाई सदस्यता गलपासो, शेखर के ताक्दैछन् ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— नेपाली कांग्रेसले १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने गरी सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २४ गतेसम्म ७७ वटै जिल्लामा नयाँ क्रियाशील सदस्यता फाराम वितरण गरिसक्नु पर्ने थियो । तर, क्रियाशील सदस्यता व्यवस्थापन समितिको लापरवाहीका कारण पुसको पाँच दिन बितिसक्दा समेत कतिपय वडामा नयाँ क्रियाशील फाराम नै वितरण हुन सकेको छैन । देशभरि पठाइएका ६ लाख नयाँ क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएपछि विवाद चुलिदा समितिले पुस १ गते उक्त वितरण गरेको सदस्यता फारम रद्द गर्ने र पुनः सिरियल नम्बर सहितका फाराम जिल्ला पठाउने निर्णय गरेको थियो । निर्णय अनुसार नै पुस ३ र ४ गते जिल्ला हुँदै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता फारम पठाइएको छ । अझै सबै निर्वाचन क्षेत्रमा क्रियाशील फारम पुगिसकेको छैन । काठमाडौं उपत्यकाका लागि आइतबारसम्म पु¥याउने लक्ष्य केन्द्रीय सदस्यता व्यवस्थापन समितिको छ । शुक्रबारसम्म १६५ मध्ये १३२ क्षेत्रमा क्रियाशील सदस्यता फारम पठाइएको छ ।