देश

ओलीको वाहवाहीमै भृकुटीमण्डप, पद बढेपछि ईश्वर छक्क, नेता मख्ख, विधान उल्टिँदा पनि विद्या छिरिनन् (भिडियोसहित)


काठमाडौं — पार्टी महाधिवेशनको अवधि अझै बाँकी नै रहे पनि नेकपा एमाले डेढ वर्षअघि नै नयाँ नेतृत्व चयनका लागि होमिएको छ । ११औं राष्ट्रिय महाधिवेशनबाट नयाँ म्यान्डेटसहित नेतृत्व चयन गर्न लागेको एमालेमा यतिखेर देशभरबाट आएका २२ सय ६२ जना प्रतिनिधिहरू काठमाडौंस्थित भृकुटीमण्डपको बन्द सत्रमा सामेल छन् । तिनै प्रतिनिधिले एमालेको आगामी नयाँ नेतृत्व चयन गर्नेछन् । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक तेहरिन खोज्दा उनलाई चुनौती दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् । सके सर्वसम्मत, नभए मतदान नै गरेर नेतृत्व चयन गर्न एमाले लागिपरेको छ ।