राजनीति

छटपटीमा प्रचण्ड, देउवा–ओलीको दोस्ती भारी, माधव–विप्लवसँग पार्टी एकता, कांग्रेस–एमालेसँग भिड्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— आफ्नै पार्टिभित्र समेत घेरिएपछि वल्लतल्ल माहोल सम्हालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले शान्त छन् । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टि र राष्ट्रियता प्रजातन्त्र पार्टि चम्किईरहेका छन् भने सडकमा जाने सक्ने अवस्थामा उनी छैनन् । यहिकारण मुद्धाविहिन र अलमलमा जस्तो देखिएका प्रचण्ड राजनीतिक रुपमा खरो टिप्पणी समेत गरिरहेका छैनन् । यो बीचमा अरु दललाई रुपन्देही ३ को उपनिर्वाचनको सरगर्मीले छोएको छ भने प्रचण्डलाई यसले समेत खासै छुएको देखिदैन् । जवकि एमाले विधान महाधिवेशनको रस्साकस्सीमा छ भने कांग्रेस उपनिर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय छ । मध्यपहाडी राजमार्ग केन्द्रीत अभियानले आर्जन भएको चर्चा र रवि लामिछाने बोकेर प्राप्त गरेको सहानुभूति समेत भिजिट भिषा प्रकरणमा गरेको आत्मसर्मणले सकिएको छ । अर्कातर्फ सरकार समेत ढल्ने अवस्था छैन् भने यो बीचमा कांग्रेस खुमलटार आएर कांग्रेसका नेताहरुले देखाएको आशा सपनामै सिमति भएको छ । डा. शेखर कोईराले तताएको माहोल समेत टाईटाई फिस भयो । अर्थात गृहमन्त्री रमेश लेखकलाई साथ दिएर सत्ताको ढोक्सा थापेको समेत काम लागेन् ।