Breaking

कुलिङ अफ पिरियड प्रकरणको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

योहो संवाददाता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।

शुक्रबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका हुन् ।