Breaking

लोसपाका पाण्डेय लुम्बिनीको खेलकुदमन्त्री नियुक्त

योहो संवाददाता

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

उनलाई आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका हुन्। उनी रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।