राजनीति

प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

योहो संवाददाता

काठमाडौं—ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई २५ हजार तथा निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०÷५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश विशेष अदालतले गरेको छ ।

बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो । थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रा कृष्णशरण लामिछानेले जानकारी दिए ।