इजरायल र हमासबिचको अप्रत्यक्ष युद्धविराम वार्ता ठोस निष्कर्षबिना सम्पन्न भएको छ । कतारको दोहामा दुई छुट्टाछुट्टै भवनमा करिब साढे तीन घण्टासम्म चलेको वार्तामा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूमार्फत सन्देश र स्पष्टीकरण आदानप्रदान गरिएको थियो ।
तर कुनै प्रगति हुन नसकेको अधिकारीहरूले बताएका छन् । फेरि वार्ता हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् ।
यही समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन प्रस्थान गरेका छन्। नेतान्याहूले अमेरिकी राष्ट्रपतिसँगको आफ्नो भेटले थप बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि मद्दत पुग्ने बताएका छन ।
सन् २०२३ अक्टोबरदेखि जारी युद्धमा गाजामा कम्तीमा ५७ हजार मानिस मारिएका छन् ।
प्रतिक्रिया