काठमाडौं – गत वर्षको असार १५ मा दही चिउरा खाएपछि बनेको नयाँ समीकरणको एमाले–कांग्रेसको दुई तिहाइको गठबन्धन सरकार वर्ष दिनमै सङ्कटको अवस्थामा पुगेको छ । कांग्रेसको वैशाखी टेकेर सत्ताको सिँढी चढेका प्रधानमन्त्री केपी शर्मा ओली हाल आफ्नै पार्टीभित्र र सरकारमा समेत एक्लिँदै गएका छन् । सत्ता साझेदार दलहरूले क्रमशः सरकारबाट समर्थन फिर्ता लिन थालेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपा संसदीय दलको बैठकले ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारमा नाउपाका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरुण चौधरीले पार्टीको निर्णयसँगै राजीनामा बुझाउने तयारी गरेका छन् ।
देश
प्रतिक्रिया