काठमाडौं – भोजपुरको धोद्लेखानी पुरै गाउँ अहिले शोकमा डुबेको छ । मुटु काँप्ने घटना आँखै अगाडि देखेपछि गाउँले आतंकित छन् । यही गाउँको एक सुन्दर र शान्त एक घरमा रचिएको भयानक सामूहिक हत्याकाण्ड । जसले आँगनमै गिरी परिवारको चार जनाको एक चिहान भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानी गाउँको गिरी परिवारमा शनिबार साँझ भाले काट्ने सल्लाह हुँदै थियो । तर, बिहान हेर्दा भाले जिउँदै र परिवारका मान्छे भने काटिएको अवस्थामा मृत भेटिए ।
अपराध
प्रतिक्रिया