काठमाडौं । पार्टीका मेरुदण्ड मानिएका सभापति रवि लामिछानेबिना सिंगो पार्टी नै अपाङ्ग हुने अड्कलबाजीलाई रास्वपाले पार्टीलाई कुशलतापूर्वक सम्हालेर गलत साबित गरेको छ । ‘रास्वपा भनेको रवि, रवि भनेको रास्वपा’ भन्ने भाष्यलाई यसले गलत सिद्ध गरेको छ ।
स्थापनाको छोटो समयमै विभिन्न आक्रमण र उतारचढाव भोगेको रास्वपाले समस्यालाई शक्तिमा रूपान्तरण गर्दै आफूलाई परिपक्व र परिष्कृत बनाउँदै लगेको देखिन्छ । गत चैत २३ गतेदेखि पार्टीका संस्थापक सभापति रवि लामिछाने भैरहवा कारागारमा छन् ।रास्वपाले सभापति लामिछानेको अनुपस्थितिलाई पार्टीभित्र खड्किन दिएको छैन । बरु रवि कारागार पुगेको विषयलाई सशक्त ढंगले जनतामाझ लगेर झन् लोकप्रियता र आस्था बटुलेको देखिन्छ ।
पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरदेखि रास्वपाले सभापति लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै नागरिक हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ । जसमा पूर्वप्रधानमन्त्रीदेखि कलाकार, कर्मचारी हुँदै आम सर्वसाधारण नागरिकहरूले उल्लेख्य सहभागिता जनाएका छन् ।
पार्टी स्थापनाको ६ महिनाको अवधिमै देशको चौथो दल बनेको रास्वपाले दुई पटक सत्ताको अनुभव बटुलेर हाल भने कडा प्रतिपक्षीको भूमिकामा प्रस्तुत भइरहेको छ । नयाँ जन्मेको दललाई चौतर्फी घेराबन्दी पश्चात् सभापतिलाई नै पटक–पटक विभिन्न प्रकरणमा हिरासत हुँदै कारागार पु¥याइएपछि रास्वपाले त्यही कमजोरीलाई नै आफ्नो शक्तिमा रूपान्तरण गरेको छ । सभापति रवि लामिछाने कारागार पुगेको विषयलाई मूल मुद्दा बनाउँदै सरकारले चालेका हरेक गलत कदममा सतिसालझैँ संसदमा उभिएको छ ।
जेठ १३ गतेदेखि निरन्तर भिजिट भिसाका नाममा भएको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयबाट पछि हटेको छैन । रास्वपाले सरकारसँग आफ्नो पाँचबुँदे प्रस्ताव स्वीकार नगरेसम्म निरन्तर सदनमा आन्दोलन कायम राख्ने बताएको छ ।
(बाकि सामाग्री भिडियोसहित)
प्रतिक्रिया