काठमाडौं । कैयौँ मतभेदसँग जुध्दै कांग्रेस–एमाले सत्ता समीकरणको एक वर्ष पूरा हुन लागेको छ । विभिन्न विषयमा देखिएको मतभेद मिलाउँदै यहाँसम्मको सत्ता यात्रा कायमै रहेको अवस्थामा दुई दलबीच फेरि दूरी बढ्न थालेको छ ।
खासगरी, अहिले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको बदमासीले कांग्रेसका सांसद एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा घेराबन्दीमा छन् । यो प्रकरणमा प्रतिपक्षी दलभन्दा पनि आक्रामक रूपमा गठबन्धनकै सहयात्री एमालेका सांसदहरू उनीमाथि खनिएका छन् ।
‘कुलिङ पिरियड’मा भएको बदमासीमा आफ्नो संलग्नता नरहेको र आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको खतिवडाले बताए पनि प्रतिपक्षी दलहरूले यो विषयलाई ठूलो मुद्दा नबनाउँदा एमाले भने उनलाई राजीनामाका लागि दबाब दिइरहेको छ । सत्तापक्षबाटै आएको दबाबले असिनपसिन भएका खतिवडालाई आफूहरुकै बलमा सत्ताको नेतृत्वमा पुगेको एमालेले देखाएको यो व्यवहार सह्य भएको छैन ।
शिक्षा विधेयकमा पनि कांग्रेस–एमालेबीच मतभेद हुँदा यो संसदीय समितिमा छलफलकै क्रममा अड्किएको छ । उता, गृहमन्त्री प्रकरणमा माओवादी चालक भए पनि रास्वपाले मुद्दा चर्काउँदा सदनमा यो विषयको सहजीकरण भइसकेको छैन । सदनको अवरोध हटाउन न त एमालेले रास्वपा र राप्रपासँग वार्ता नै ग¥यो ।
(बाकि सामाग्री भिडियोसहित)
प्रतिक्रिया