Breaking

विद्या फर्किदा ओलीका दुश्मनमा खुशियाली, प्रचण्ड हौसिए, एमाले संकटमा माधव मख्ख (भिडियो)


काठमाडौं । पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले एमालेभित्र तरंग ल्याउँदा त्यसको चस्का संस्थापन पक्षमा परिसकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टदेखि वामएकता पक्षधरसम्म हौसिँदा भण्डारीको पुनरागमन केवल कार्यकर्ताकै भूमिकाको रुपमा मात्र मान्न गाह्रो छ । फलतः यसलाई अध्यक्ष ओलीले आफूविरुद्धको षड्यन्त्रकै रूपमा व्याख्या गरेका छन्, जसको छनक उनको स्पेन भ्रमणका क्रममा समेत देखियो ।

स्पेनमै रहँदा उनले आफूविरुद्ध नियोजित रूपमा विद्या भण्डारीको चर्चा चलाइएको टिप्पणी गरेका थिए । अर्थात्, भण्डारी स्वयंले केही नबोले पनि उनका निकटस्थहरूले चलाएको हल्ला आफूलाई कमजोर बनाउने खेल मात्र भएको बुझाइमा ओली छन् । यसबाहेक, भण्डारीकै कारण एमालेभित्रै ओलीविरुद्ध फायर खोल्नेहरु बढ्ने सम्भावना उच्च रहँदा महासचिव शंकर पोखरेल ओलीको कमान्डरकै रुपमा प्रहारमा उत्रिएका छन् ।

(बाकि सामाग्री भिडियोसहित)