Breaking

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताहरूले धारणा राख्ने क्रम जारी


काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।

यही असार १६ गते सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूको कार्यशैलीमाथि चर्को असन्तुष्टि व्यक्त भए पनि गठबन्धनको विकल्प खोज्ने विषयमा भने अधिकांश केन्द्रीय सदस्यहरूले मौनता साधेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाए भने महामन्त्री गगन थापाले सरकारको विकल्प नभएर कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।

गृहमन्त्री रमेश लेखकले भने कांग्रेस र एमालेको समीकरण ०८४ सम्मै टिक्ने दाबी गरेकाछन् । बैठकमा पार्टीभित्रको अनुशासन, मन्त्रीहरूको कार्यक्षमता, भ्रष्टाचारविरुद्धको अडान र पार्टी महाधिवेशनको मितिबारे बहस जारी छ ।