काठमाडौं । संसदीय छलफलपछि २१ असारमा संघीय निजामती विधेयकको गडबडीको छानबिनका लागि ७ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । समितिमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २–२ सदस्य र माओवादी केन्द्र, रास्वपा, राप्रपा बाट १–१ सदस्य रहनेछन्। समितिको गठन संसद्को नियमावली १८० अनुसार भएको हो।
जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २÷२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १–१ जना सदस्य रहनेछन् । उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया