काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताए । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे ।
महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भुमिका संगीतले खेलेको बताए । जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भुमिका खेलेको बताए ।
अध्यक्ष प्रचण्डले अब पर्सामा पार्टीको विजय यात्रा शुरु भएको दाबी गरे ।
प्रतिक्रिया