Breaking

प्रबुद्ध वर्गहरुलाई नियतबारे हेक्का राख्न प्रधानन्यायाधीश राउतको आग्रह


काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताए ।

आज काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता देखिने गरेको भन्दै अनुकुलता खोज्न जरुरी रहेको बताए । प्रबुद्ध वर्गहरुले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताए ।

अवसरहरु वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने उनको भनाई छ । अवसर गुम्यो भने देश र जनताको बेहाल हुने बताउदै प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गरे ।