काठमाडौं – रवि लामिछानेको पक्षमा माहोल बनाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला देशव्यापी हस्ताक्षर अभियानमा छ । अभियानका क्रममा रास्वपाका नेता–कार्यकर्ताहरूले समाजका विभिन्न तप्काका मानिसहरूलाई समेटेर हस्ताक्षर गराइरहेका छन् । मकै पोल्नेदेखि भर्खर बोली फुटेका बच्चासमेत भेला पारेर हस्ताक्षर गराइरहेका छन् । जहाँ रविपत्नी निकिता पौडेल लामिछानेले कलाकारहरूको भिड नै उतारेकी छन्, त्यहीँ रास्वपाले यो अभियानले रवि जेलमुक्त हुनेसम्मको भाष्य निर्माण गरिरहेको छ । हुन पनि, निकिता आफैँ गोपीकृष्ण मुभिजकी सञ्चालिका र टिभी फिल्मी चलाएकी पात्र पनि हुन् । त्यस्तै, बुवा उद्धव पौडेलले नेपाली फिल्म क्षेत्रमा पु¥याएको योगदानको विरासत थपिँदा कलाकारहरूबाट सहानुभूति प्राप्त गर्नु उनका लागि सहज बनेको छ । जसको परिणाम स्वरुप काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने, खेम सेन्चुरी लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन् ।
समाचार
प्रतिक्रिया