काठमाडौं – एक साता लामो स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन् । उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेन गएका थिए । गत असार १४ गते ओलीको नेतृत्वमा २१ जनाको नेपाली प्रतिनिधिमण्डल टोली स्पेन उडेको थियो । प्रधानमन्त्री ओलीले सेभियामा आयोजित कार्यक्रमको पूर्ण बैठकमा अतिकम विकसित मुलुकहरू (एलडिसी) समूहको अध्यक्ष तथा नेपालको तर्फबाट सम्बोधन गर्दै एलडिसीहरूको आर्थिक विकासका लागि न्यायपूर्ण र समावेशी विश्व आर्थिक प्रणालीको माग गरेका थिए । गत दशकमा एलडिसीहरूको ऋण तीन गुणाले बढेको, सहायतामा कमी आएको र प्रविधिको पहुँचमा गम्भीर खाडल रहेको उल्लेख गर्दै उनले सेभिया प्रतिबद्धतालाई नयाँ सम्भावनाको ढोका खोल्ने अवसरका रूपमा व्याख्या गरे ।
समाचार
प्रतिक्रिया