देश

दबाबमा कांग्रेस, ओलीले पारे अप्ठ्यारो, लेखक र रामहरि जोगाइदिएर प्रचण्डले खेलेको खेल (भिडियो)


काठमाडौं -आफ्ना नेता तथा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसलाई अर्को आपत आइलागेको छ–कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था । सुरुबाटै रामहरि खतिवडा त्यसको पक्षमा रहँदा तथा तलमाथि गरे सरकार नै छाड्ने सभापति शेरबहादुर देउवाले धम्की दिएको चर्चा र थपिएको ‘बाहेक’ शब्दले खतिवडा पेलानमा छन् । अर्थात् यो काण्डले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिबाटै उनको राजीनामा माग भइरहेको छ भने उनको खातामा अर्को विवाद थपिएको छ । जहाँ सत्ता सहयात्री नेकपा एमाले र कांग्रेसकै नेताहरूले समेत यसलाई चर्को रुपमा उठाएका छन् ।