काठमाडौं- विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन पुग्नुभएका प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै अपराह्न पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तय भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।
यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज लगायतसँग पनि दुईपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको स्पेन भ्रमण उपलब्धीमूलक भएको सरकारी अधिकारीहरूले दाबी गरेका छन् ।
यसैबीच, नेपाल फर्किनुअघि स्पेनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर एमालेभित्र विवाद सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । ओलीले आफूविरुद्ध पूर्वराष्ट्रपति भण्डारीको नियोजित चर्चा चलाइएको दाबीसमेत गरे
प्रतिक्रिया