काठमाडौं – १२ दिनसम्म चलेको इजरायल–इरानबीच युद्धविराम गराउन सफल भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले इजरायल र गाजाबीच अस्थाई युद्धविरामका लागि अग्रसर भएका छन् । गाजामा ६० दिने युद्धविराम गर्न ‘आवश्यक सर्तहरू’बारे इजरायलले सहमति जनाएकाले हमासले पनि सो प्रस्ताव स्वीकानु पर्ने ट्रम्पको दबाब छ । तर सो सर्तमा के के विषय समावेश छन् भन्नेबारे सार्वजनिक गरिएको छैन । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासी हमला गरेर १२ सय मानिसको ज्यान लिएपछि इजरायलले गाजामा सैन्य कारबाही थालेको थियो । यो बीचमा दुवै पक्षले ठुलो मानवीय र भौतिक क्षति व्यहोरेका छन् । त्यसमा पनि निरन्तरको इजरायली आक्रमणले गाजा क्षेत्र तहसनहस भएको छ भने ठूलो मानवीय संकट चुलिएको छ । युद्धविरामका लागि हमास र इजरायलले विगतमा थुप्रै चरणमा अप्रत्यक्ष वार्ताहरू गरिसकेका छन् । तर कुनै पनि वार्तामा अन्तिम युद्धविराम सम्झौता हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया