देश

विद्यालाई रोक्न एमालेमा लफडा, शंकरले छेडे विधान बहस, ईश्वरको काउन्टर, ओली रोक्न यस्तो नीति (भिडियो)


कामाडौं – एमालेमा विद्रोहको बम राष्ट्रिय सभा गृहमा विष्फोट भएपछि पार्टीमा ध्रुवीकरण तीव्र भएको छ । पाँच वर्षयताको असन्तुष्टी अब खुलेर विद्यादेवी भण्डारीको बलमा पोखिँदा संस्थापन पक्ष आवाज थुन्नै अग्रसर भएको छ । यसको अग्र मोर्चामा छन्–महासचिव शंकर पोखरेल । विद्या राजनीतिमा आए मुखैमा आउन लागेको स्वर्ण अवसर कसैले गुमाउनेछ भने ती शंकर नै हुनेछन् । त्यसकारण पनि वर्तमान नेतृत्वमाथि उठेका प्रश्नमा प्रतिवाद गर्न महासचिवको जिम्मेवारी र आफ्नै भविष्य हेरेर पनि उनी निकै सक्रिय छन् । फलतः विद्याको पक्षमा देखिएको माहोल र आगामी नेतृत्वबारे भइरहेका बहसमा रोक लगाउनै उनी सक्रिय भएका छन् । बुधबार प्रदेश कमिटी र जिल्ला नेतृत्वको बैठकमार्फत पार्टीमा गुट सिर्जना गर्ने प्रयास भइरहेको भन्दै नेतृत्वसम्बन्धी बहसमाथि रोक लगाउन निर्देशन नै दिए ।