काठमाडौ—नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा विचार मिल्नेसँग एकता गरेर जाने ब्रिफिङ गरेका छन् । आज बसेको सचिवालय बैठकमा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन प्रयत्न गर्नुपर्ने बताए ।
आज बैठक केही समय मात्रै बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले लगाएको मुद्दा लगायतको विषयमा छलफल भएको थियो ।
अध्यक्ष नेपालविरुद्ध मुद्दा लागेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि चर्चा भएको थियो । उनले आज बैठकमा बोल्नको लागि समय मागेकी थिइन् । तर पत्रपछि नेताहरूको स्वास्थ्यमा समस्या आएको देखाउँदै बैठक सारियो । अर्को बैठक २२ गते बस्नेछ ।
प्रतिक्रिया