समाचार

दलाई लामाको पुनर्जन्म घोषणा, भारतमा जन्मिने, चीनले बढायो लामामाथि निगरानी, बेइजिङको अर्कै लामा (भिडियो)


काठमाडौं – उमेरको उत्तरार्धमा रहेका तिब्बती धर्मगुरु एवं आध्यात्मिक नेता दलाई लामाले अन्ततः आफ्नो पुनरवतार हुने घोषणा गरेका छन् । दलाई लामाको यो घोषणासँगै उनको ६०० वर्ष पुरानो विरासत मृत्युपछि पनि निरन्तर रहने निश्चित भएको छ । आगामी जुलाई ६ मा ९० वर्ष पुग्ने लामाले सोमबारदेखि धर्मशालामा भेला भएका लाखौँ अनुयायीहरूमाझ आफ्नो जन्मोत्सव मनाइरहेका छन् । यही क्रममा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो पुनरवतार हुने स्पष्ट पारेका हुन् ।