काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस घनीभूत छलफलमा जुटेको छ । विधानत दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था भए पनि करिब नौ महिनापछि केन्द्रीय समितिको बैठक बसेको हो । भ्रातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विभिन्न १३ वटा एजेन्डामा छलफल गर्ने कार्यसूची छ । साथै सय दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस गर्नेदेखि पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कार्यप्रगति प्रतिवेदनसमेत केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने छन् ।
देश
प्रतिक्रिया