काठमाडौं – हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोष ( Green Climate Fund – GCF) बाट पहिलो पटक ठूलो अनुदान रकम प्राप्त गरेको छ । पपुवा न्यू गिनीमा बसेको हरित जलवायु कोषको बोर्ड बैठकले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जल तथा मौसम विज्ञान विभागमार्फत प्रस्तावित परियोजनालाई स्वीकृत गरेको हो । यो १५ वर्षे परियोजनाको पहिलो चरण (७ वर्ष) हरित जलवायु कोषको अनुदानबाट सञ्चालन हुनेछ भने दोस्रो चरणको ८ वर्ष नेपाल सरकारले अन्य निकायसँगको सहलगानीमा अघि बढाउनुपर्नेछ ।
अर्थनीति
प्रतिक्रिया