Breaking

मोहन बस्नेतलक्षित गगनको टिप्पणी : आफूमाथिको आरोपलाई फोहोरको संज्ञा


काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा भएको बताएका छन् ।

तीन दिनदेखी चलेको पार्टीको केन्द्रीय समिति वैठकमा बोल्दै उनले बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै सो कुरा बताए । आजै केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका थिए । महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लगाएका थिए ।

महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए । भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले बताए ।