काठमाडौँ । अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको गरेको छ । ह्वाइट हाउसका अनुसार रुससँग जारी भीषण युद्धका बीच अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको हो ।
‘अमेरिकाको हितलाई सर्वोपरि राख्न’ यो निर्णय गरिएको ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीको भनाइ छ । अमेरिकाको रक्षा विभागले ‘अन्य देशलाई अमेरिकी सैन्य र अन्य सहयोग’को समीक्षा गरेपपछि उक्त निर्णय गरिएको हो।
फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनलाई अमेरिकाले अर्बौं डलरको सैन्य सहायता पठाएको छ।
प्रतिक्रिया