देश

जेलमा कोचिएका रविको ब्रान्डिङ गर्दै रास्वपा, हस्ताक्षरले छुट्ने भ्रमको खेती, अदालत र सरकारलाई चुनौती (भिडियो)


काठमाडौं – राजनीति सुधार्ने भन्दै फोहोरी राजनीतिमा हाम्फालेको राष्ट्रिय स्वतन्त्र पार्टी सुध्रिसकेको धेरैले अपेक्षा गरेका थिए । तर, त्यो भरोसा तोड्दै पार्टीले फेरि पुरानै गल्ती दोहो¥याउन थालेको छ । सभापति रवि लामिछानेलाई हिरासत लैजाने र हिरासत सार्ने क्रममा प्रहरीबाट भएका कैयन व्यवहारमा प्रश्न छन् । उच्च अदालतले फैसला कपिपेस्ट गरेका विषयमा प्रश्न होलान् । तर, आफ्नो पक्षमा फैसला आए न्याय जीवित देख्ने र विपक्षमा आए भिडको सहारा लिने प्रवृत्तिलाई फेरि निरन्तरता दिएको छ । त्यसको ज्वलन्त उदाहरण हो–हस्ताक्षर अभियान । रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसदेखि राजनीतिक प्रतिशोधविरुद्ध भन्दै अभियान सुरु गरेको छ ।