अमेरिकामा अग्निनियन्त्रक टोलीमाथि अन्धाधुन्ध गोली चलेको छ । अमेरिकाको इदाहोको क्यानफिल्ड पहाडको जंगलमा लागेको आगो निभाउन पुगेका टोलीमाथि अज्ञात समूहले गोली चलाएको हो ।
अकास्मात गोली चल्दा दुई जना अग्निनियन्त्रकको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
जंगलबाट स्नाइपर प्रहार भएको र आक्रमणकारीहरूलाई अझै नियन्त्रणमा लिन नसकिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । उक्त स्थान हाइकिङका लागि प्रख्यात गन्तव्य भएकाले त्यहाँ रहेका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
आक्रमणकारीहरूले आत्मसमर्पण गर्ने स्थिति नदेखिएकाले आक्रमणकारीविरूद्ध केही दिनको अपरेसन सञ्चालन गर्नुपर्ने परिस्थिति देखिएको प्रहरी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया