राजनीति

विद्याको आगमनले हौसिए ओली विरोधी, एमालेमा कित्ताकाट, ईश्वरको विद्रोह, माओवादीको सहजीकरण (भिडियो)


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै दाबीझैँ बम नपड्किए पनि आगो भने लागेको छ । जसले पार्टीभित्र ध्रुवीकरण बढाउँदा उनलाई रोक्ने संस्थापन पक्षको प्रयाससमेत विफल देखिएको छ । मुख्यगरी, यसले एमालेभित्र ओलीको विकल्प नभएको भाष्यलाई कमजोर बनाएको छ र भण्डारीको पुनरागमनलाई पार्टीभित्रै आशङ्काको दृष्टिले हेरिएको छ । हुन पनि, भण्डारीले गत साता प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीसँग बालुवाटारमा भेटेरै आफू पार्टी राजनीतिमा आउन चाहेको जानकारी गराएको चर्चा छ । त्यस्तै, यसै साता बसेको एमाले सचिवालय बैठकमा भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्कने विषयमा छलफलसमेत भएको खबर छ ।