काठमाडौं – बोलेरै चर्चामा आएकी नेतृ रामकुमारी झाँक्री बोलीकै कारण राजनीतिक पतनको संघारमा छिन् । एकीकृत समाजवादीको महाधिवेशनमा महिला उपाध्यक्षतर्फ जयन्ती राईसँग पराजित भएपछि राजनीतिक रूपमा ओरालो लागेकी झाँक्री हाल पार्टीभित्रै विद्रोही बनेर निष्कासनको संघारमा पुगेकी छन् । पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने माग राखिन् । उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अग्रिम महाधिवेशन आवश्यक रहेको धारणा राखिन् । यसै सन्दर्भमा उनले अब काँधमाथि ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने टिप्पणीसमेत गरिन् ।
राजनीति
प्रतिक्रिया