काठमाडौं—संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरे लगत्तै आजको बैठकबाट बहुमतले विधेयक पारित भएको हो । कम्तीमा ७ वर्षदेखि राज्य व्यवस्था समितिमै विवादित भएर बसेको यो विधेयक गत जेठ २ गते समितिबाट पास भएको थियो ।
सांसद प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उहाँले चेतावनी दिएका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । त्यस्तै ाष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेर निस्किएको छ ।
प्रतिक्रिया