काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसद्मा अवरोध कायम राखेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । गत जेठ १३ गतेदेखि रास्वपाले संसद्को कामकारबाहीमा भाग लिएको छैन ।
प्रतिक्रिया