समाचार

बाढीले विनयी खोलाको डाइभर्सन बगाउदा पुन: सडक अवरुद्ध


पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी

सञ्चालनमा आउन सकेको छैन । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएपछि समस्या आइरहेको छ ।

पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ । दुम्किबासको विनयी खोलामा पुल भाँचिएको झण्डै ६ महिना पुगिसक्दा पनि नयाँ पुल निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।