नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमति म्यादको आज अन्तिम दिन हो । महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन ।
सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।
विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसेको हो । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया