काठमाडौं -शनिबार बसेको प्रतिनिधिसभाको बैठकले पनि विगत महिना दिन देखि भोग्दै आएको नियती भोग्यो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको उद्घोष गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर टेबल ठटाउँदै बैठक अवरोध गरे । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले बैठक अवरोध गरेका हुन् । त्यसपछि रास्वपा र राप्रपाका सांसदले दुई÷दुई मिनेट बोले पछि दुई पार्टीले आफ्नो आन्दोलनलाई जारी राख्दै बहिष्कार र नाराबाजीको श्रृङ्खलालाई जारी राखे ।
देश
प्रतिक्रिया