काठमाडौं – पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै अदालतको कटघरामा पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बन मात्रै भएन कि पार्टी अध्यक्ष र संसदीय दलको नेताको पद छाड्न दबाब बढ्यो । तर, लामो समयदेखि नैतिकवान छविका साथ अरूलाई नैतिकताको पाठ सिकाउँदै आएका नेपालले पार्टी अध्यक्ष पद नछाड्ने सङ्केत गरेका छन् । विशेष अदालतबाट थुनामा बस्नु नपर्ने राहतपूर्ण आदेश आएलगत्तै बोलाइएको सचिवालय बैठकबाट उनले यस्तो सङ्केत दिएका हुन् । यद्यपि, सांसद पद नै निलम्बनमा परेको अवस्थामा संसदीय दलको नेताको पद भने छाडेर आंशिक नैतिकता देखाउने प्रयासमा उनी देखिएका छन् ।
देश
प्रतिक्रिया