Breaking

आफ्नै रेकर्ड तोड्दै कामीरिताले गरे ३१ औँ पटक सगरमाथाको सफल आरोहण


 कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजे उनले सगरमाथा आरोहण गरेका हुन् । 

सेभेन समिट ट्रेक्सका अनुसार उनले आफ्नै नाममा रहेको ३० पटक सगरमाथा आरोहणको रेकर्ड तोडेका छन् । 

सेभेन समिट ट्रेक्सले कामीरितालाई राष्ट्रिय आरोही नायक भन्दै सगरमाथाको विश्वव्यापी प्रतीक भएको बताएको छ । 

उनले आधार शिविरमा सुरक्षित अवतरण गर्ने पनि सेभेन समिटले विश्वास गरेको छ ।