Breaking

रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर

योहो संवाददाता

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट निवेदन दिएकी हुन् ।

मिश्रलाई तीनकुने आन्दोलनसँग जोडेर गत १५ चैत पक्राउ गरिएको थियो । उनलाई सात पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो ।

सारिकाले दिएको रिट आज दर्ता भएको छ । अदालतले वैशाख ३१ गते (भोलि) बिहान १० बजे अदालत उपस्थित हुन आउन गृहमन्त्रालयको नाममा तारेख पर्चा जारी गरेको छ । मिश्रलाई आजै आठौंपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिँदै छ ।