प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ ।
जम्मा १८ घण्टा छलफल हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् । माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।
एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।
प्रतिक्रिया