काठमाडौँ – नेपाल शेर्पा सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा साङ्गे शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार राजधानीमा सम्पन्न दोस्रो महाधिवेशनबाट शेर्पाको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा नुरि शेर्पा, उपाध्यक्षमा आङ छिरिङ शेर्पा र फुर्वा ठिले शेर्पा, महिला उपाध्यक्षमा काँडी शेर्पा सर्वसम्मत चयन भएका छन् भने सचिवमा रमेश शेर्पा, सहसचिवमा प्रेमदोर्ची शेर्पा र माया शेर्पा , कोषाध्यक्षमा निम्लेकी शेर्पा र सहकोषाध्यक्षमा प्रजुना शेर्पा सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
संघको दोस्रो अधिवेशन शनिबार राजधानीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गर्नुभएको हो । सोही दिन बन्दसत्र सम्पन्न गर्न समय अभावका कारण आइतबार नेपाल शेर्पा सङ्घको केन्द्रीय अध्यक्ष गेल्जे शेर्पाको उपस्थितिमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रतिनिधिसभाका पुर्व सदस्य जिपछिरिङ लामा, आदिबासी जनजाति महासंघका अध्यक्ष समेत रहेका नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे शेर्पा लगायतको उपस्थिती रहेको थियो । नेपाल शेर्पा संघको केन्द्रीय सातौं महाधिवेशन यही जेठ २३ र २४ गते काठमाडौँमा हुन गइरहेको छ।
प्रतिक्रिया