अन्तर्राष्ट्रिय

India-Pak War : हमला रोकिएन, अपरेसन सिन्दूर जारी, युद्धविरामले कस्तो मोड लेला ? (भिडियो)


काठमाडौं—पाकिस्तानबीच चार दिनपछि शनिबार युद्धविराम भए पनि कार्यान्वयनमा प्रश्न उठेका छन् । भारतले युद्धविराम भए पनि ‘अपरेसन सिन्दूर’ जारी राख्ने भनेको छ भने पाकिस्तानले समेत शनिबार राती गोलाबारी गरेको आरोप भारतले लगाएको छ ।

आइतबार भारतीय वायु सेनाले विज्ञप्तिमार्फत आतंकवादविरुद्धको ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएको छ । नाटकीय ढंगले युद्धविराम भए पनि कन शर्तहरुमा सहमति भएको हो भन्नेबारे कुनै जानकारी आएको छैन । यसले पनि युद्धविराम फितलो हुने त होइन भन्ने शंसय बढाएको छ ।

शनिबार युद्धविराम भएको तीन घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको दाबी छ । तर, पकिस्तानले भने यो विषय स्वीकारेको छैन । युद्धकै यी दुई देशबीच पछिल्लो समय भएको झडप दशकमै सबै भन्दा खराब झडप थियो ।