राजनीति

पूर्वराजाको नगरकोटमा बन्यो नयाँ रणनीति, राजावादी जुर्मुराए, फेरि गणतन्त्रवादी काउन्टरमा (भिडियो)


काठमाडौं—व्यवस्था परिवर्तन र राजसंस्था पुनःस्थापनाको बहस चलिरहेको बेलामा त्यसमा राम्रै मलजल पुग्ने गरी पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाइरहेका छन् । चैत १५ गतेको तीनकुने प्रदर्शन होस् वा राप्रपाको चैत २६ को भेला ।

पूर्वराजाकै खटाई कम भएकाले प्रभावकारी बन्न नसकेको विश्लेषणका बीच उनी आफैँ अघि सरेका छन् । अहिले राजसंस्थावादी दल वा आस्था राख्ने नेताहरूलाई बोलाएरै विमर्शहरू चलाइरहेका छन् ।

नगरकोटको १२ दिनको बसाई पनि त्यही प्रयास हो । यो बीचमा उनले हिन्दु धर्म सापेक्षताका पक्षधर, पूर्वसैनिक, राजनीतिक र समसामयिक परिस्थतिबाट नेताहरूसँग एक्ला एक्लै छलफल गरेका थिए ।