राजनीति

फेरि भिडे एमाले–माओवादी, प्रचण्डले विचौलिया भनेपछि ओली चिढिए, कम्युनिस्ट मिलन कता ?(भिडियो)


काठमाडौं—‘मन मिल्दा काले काले मिलेर खाउ भाले, भागबण्डा नमिल्दा दुस्मन झै गर्छन माओवादी र एमाले ।’ हो दर्शकवृन्द्ध, सेटिङ र भागबण्डा मिल्दा एउटै थालमा चठेर स्वर्ग–नर्क सँगै जाने कसम खाने एमाले र माओवादी अहिले एकअर्कालाई देखी नसहने भएका छन् ।

दश महिनाअघि सँगै सरकारमा रहेका यी दुबै दलले आज एकअर्कालाई देश बिगार्ने खलनाक देखाउनमा कुुनै कसर बाँकी रखेका छैनन् ।

जहाँ शीर्ष नेतृत्वदेखि तल्लो तहका कार्यकर्ताको प्रतिस्पर्धा देखिन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विचौलियाको साठगाँठमा बनेको आरोप दोहो¥याएका छन् ।