काठमाडौं—एक महिनाको रस्साकस्सीपछि गभर्नर नियुक्तिमा नयाँ मोड आएको छ । जहाँ चर्चामा रहेका गुणाकर भट्टलाई बाइपास गर्दै डा. विश्व पौडेल फ्रन्टलाइनमा आएका छन् । पौडेल उनै हुन् जो गभर्नर नियुक्त गर्ने सिफारिस समितिका सदस्य समेत हुन् । अब सिफारिस समिति नै नयाँ बनाएर पौडेललाई गभर्नरमा अघि सार्न कांग्रेस तयार भएको छ ।
यसबारे शुक्रबार राती बालुवाटारमा कांग्रेस–एमालेका शीर्ष नेताको बैठक बसेको थियो । सोही बैठकले उनैलाई एक साताभित्र गभर्नर बनाउने निश्कर्ष निकालेको छ । हिजो गभर्नर नबन्ने भन्दै सिफरिस समितिमा बसेका विश्व नै पहिलो ‘रो’मा आउनुले हिजो किन पछि अघे र आज किन अघि बढ् भन्ने प्रश्न छ ।
प्रतिक्रिया